नियम ५१
- मुलतबी राख्न सक्ने
: (१) अन्य कुनै अदालतमा विचाराधीन रहेको कुनै मुद्दा किनारा नभई अदालतमा रहेको मुद्दाको किनारा हुन नसक्ने वा निर्णयमा तात्विक असर पर्ने कारण देखाई कुनै पक्षले निवेदन दिएमा वा इजलासले आवश्यक देखेमा कारण खुलाई मुद्दा मुलतबी राख्ने आदेश दिन “सक्नेछ र सोको जानकारी मुद्दा विचाराधीन रहेको सम्बन्धित अदालतलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम मुलतबी राखिएको मुद्दा जुन कारणले मुलतबी राखिएको हो सो काम सम्पन्न भई मुद्दा जगाउन पक्षले कारण खुलाई निवेदन दिएमा वा मुद्दा मुलतबी राख्नु पर्ने कुनै कारण नदेखिएमा अदालतले मुलतबी रहेको मुद्दा जगाई कारबाही गर्नु पर्नेछ।